खेलकुद

आठौँ राष्ट्रिय खेलकूद यसै वर्षः सदस्यसचिव बिष्ट

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद २०७५ सालमै हुने दाबी गरेका छन् ।

राखेपअन्तर्गत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको ‘स्पोर्ट्स क्वाटरली’ पुस्तक विमोचन कार्यक्रमा आज सदस्य–सचिव विष्टले भने, “आठौँ राष्ट्रिय खेलकूद हुन्छ कि हुँदैन भन्नेमा कसैले द्विविधा नराखे हुन्छ । आठौँ राष्ट्रिय खेलकूद २०७५ सालमै हुन्छ । कुनै हालतमा रोकिन्न ।”

उनले भने, “आठौँ राष्ट्रिय खेलकूदका लागि जिल्ला छनोट भइसकेको छ । भौतिक पूर्वाधार निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । सरकार, खेलकूद मन्त्रालय र राखेप आठौँ राष्ट्रिय खेलकूद गर्नेमा प्रतिबद्ध छ ।”

उक्त पुस्तकमा विभिन्न खेलको नियम, शारीरिक शिक्षाको महत्व, खेल मनोविज्ञान, खेलाडीको अन्तर्वार्ता, खेलकूदमा वैज्ञानिक पद्धतिको महत्व, खेल विज्ञको लेखलगायतका विषयवस्तु समेटिएका छन् ।