आर्थिक

एनआई सी एशिया बैंकका ग्राहकले अव घरैमा बसेर KYC update गर्न सक्ने

काठमाण्डौ । एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्त गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रित हुदै निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ ।

यसै सिलसिलामा एनआई सी एशिया बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक गर्न यस बैंकको शाखा कार्यालयमा स्वंयम उपस्थित हुनपर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै ग्राहकले घर तथा कार्यालयमा बसी झण्झटरहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिकगर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारीक धभदकष्तभ www.nicasiabank.com मा Login गरि ““update KYC Online” portal मा आफ्नो खाता नम्बर, मोवाईल नम्बर र ईमेल आइ.डी. राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नेछन् । ग्राहकलाई ग्राहक पहिचान अद्यावधिकगर्न सहजता होस् भन्ने उद्देश्यले यो सुविधा संचालनमा ल्याईएको हो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालय, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।