समाचार

सिजी फुड्स र ग्लोकलले ग्लोकल टिन हिरोको लागी सम्झौतालाई जारी राख्ने

काठमाडौँ । काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकलले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भयो ।

“हामी किशोर( किशोरीको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ यो सुरुवातसंग सम्झौता अघि बढाउन खुशी छौं । दिगो सम्झौता अघि बढाउने उदेश्यका साथ हामी अहिले सम्झौताको चौथो बर्षमा टेक्दै छौँ । यो मञ्चबाट नेपालका युवा र किशोर किशोरीलाई फाइदा पुर्याएको प्रति हामी सकारत्मक छौँ । त्यहि विश्वासले हामी किशोर किशोरीको विकासलाई सहयोग दिगो सम्झौतालाई निरन्तरता दिदैछौँ । यो पहिचानले उनीहरुको ध्येय प्राप्तिमा सहयोग गर्ने छ । सिजी फुड्सका सीईवो जी. पी. शाहले भने ।

ग्लोकलका कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी गराए । उनीहरु वाई वाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरोको नाम अघि बढाउन हर्षित छन् । “वाई वाईसंगको सम्झौतालाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ र यो प्रतिष्ठित मञ्चलाई किशोर किशोरीको सुरुवातलाई उत्थान गरी शशक्तिकरण गर्न अझै अघि बढ्ने छौँ । यस्ता संस्थाहरुको सहयोग र विश्वासले यो सुरुवातलाई अझै प्रभावकारी हुन् मदत गर्दछ ।“ पहिलो, दोस्रो, तेस्रो, रचौथा बर्ष को अविश्वनीय प्रतिक्रियाले ग्लोकल टिन हिरोको ध्येयलाई थप प्रोतशाहन मिलेको छ जसले अझै किशोर( किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक र सुरुवातको राष्ट्रिय सम्मान गर्न अझै प्रोत्शहित गरेको छ ।

वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर( किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस मन्च मार्फत किशोर( किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्को अन्य किशोर(किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।  अझै उर्जाका साथ् यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन २१ बैशाख २०७६ मा खुल्ने छ ।