राजनीति

साँसदले ल्यापटप लिनु जनताको अपमान र भ्रष्टाचार होः तरुण दल

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले साँसदहरुलाई बाँड्न लागेको ल्यापटप विद्यार्थीलाई दिन आग्रह गरेको छ । दलका महासचिव भूपेन्द्रजंग शाहीले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन् । उदयपुरमा पत्रकारहरुलाई स्थानीय तहले ल्यापटप बाँडेको समाचार बिबादमा आईरहेका बेला संसद सचिवालयले साँसदहरुलाई एक एक वटा ल्यापटप बाँड्ने समाचार प्रकाशित भएपछि नेपाली काँग्रेसका युवा नेता समेत रहेका शाहीले उक्त कदमप्रति असहमती जनाएका हुन् ।

महासचिव शाहीले विज्ञप्तीमार्फत भनेका छन्ः ‘नेपाल सरकारले साम्सदहरुलाइ नि:शुल्क रूपमा ल्यापटप दिने कुरा राज्यकोसको ब्रमलुट हो, जनताको दुःख र पसिनाबाट उठेको करबाट आफ्नो सेवा सुबिधा बढाउने, विभिन्न बहानामा राज्यको सम्पत्ति कुम्ल्याउन खोज्नु एकप्रकारको भ्रष्टाचार नै हो।
जनतालाइ कानुनी राज्यको प्रत्याभूति गराउनु, जनताका समस्याको समाधान गर्न लाग्नुको साटो उल्टै आफ्नै सुबिधा बढाउन मात्र लाग्नु जनप्रतिनिधिको गैरजिम्मेवार कार्य हो। यस्तो हर्कतको घोर भ्रत्सना र बिरोध गर्दै साम्सदलाइ दिने भनिएको ल्यापटप विद्यार्थीहरुलाइ हस्तान्तरण गर्न जोडदार माग गर्दछु। जयनेपाल
भुपेन्द्र जङ्ग शाही
महासचिव
नेपाल तरुण दल’