राजनीति

सभापतिले डेढ बर्ष नै आफ्नो कार्यकाल लम्ब्याउन सक्ने बरिष्ठ नेता पौडेल र नेता सिटौलाको आशंका

काठमाडौँ । असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसेको छ । मंगलबारको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

बैठकमा बोल्दै सहमहामन्त्री डा महतले प्रदेश कमिटी निर्बाचनमार्फत गठन गर्नुपर्ने, पार्टीका आन्तरिक संरचना सहमतीका आधारमा बनाउनुपर्ने ल गायतका प्रस्तावह गरेका छन् । उनले संबिधान अनुसार नै गएपनि काँग्रेस महाधिभेशन एक बर्ष समय थप्दापनि गर्न नसकिने बताएका थिए । उपसभापति गच्छदारले काँग्रेसले एकबर्षमा महाधिवेशन गर्न गाह्रो हुने विचार राखेका थिए भने बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले एकबर्षमात्र नभएर सभापति देउवा डेढ बर्ष नै आफ्नो कार्यकाल लम्ब्याउन लागी परेको आशंका ब्यक्त गर्दै प्रकाशसरण महतको प्रस्तावलाई पनि नकारात्मक मान्न नसकिने बताउदै महाधिवेशनको कार्यतालीकामा भरपर्ने बताएका थिए ।

सोमबारसम्म महाधिवेशन समयमा नै गर्नुपर्छ भन्ने विचार आएको केन्द्रीय समिति बैठकमा आजपनि सोही बिषयमा छलफल भएको छ । बुधबार पनि दिउँसो १.०० बजे नै बैठक बस्ने पार्टीले जनाएको छ ।