राजनीति

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक्कासी स¥यो

काठमाण्डौ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २६ आइतबारसम्मका लागि सरेको छ ।

काङ्ग्रेसको असार २२ गतेदेखि जारी बैठकमा विभिन्न १४ बुँदामा छलफल शुरु भए पनि साउन २२ का लागि बोलाइएको बैठक विभिन्न कारण देखाउँदै साउन २६ गतेसम्मका लागि सारिएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक साउन २६ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको जानकारी दिए ।

काङ्ग्रेस केन्द्रीय कार्यालयले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।