आर्थिक

धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो

काठमाण्ढौ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७।७९ अङ्कले बढेर एक हजार १४२।६० मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ परिसूचक पनि १।६८ अङ्कले बढेर २५०।१७ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकम भने औसत नै रह्यो । आज कुल १५३ कम्पनीका छ लाख चार हजार ७२८ कित्ता शेयर रु १६ करोड ३७ लाख ५७ हजार ८४७ मा खरिदबिक्री भयो ।

कारोबार भएका सबै ११ उपसमूहको शेयर उकालो लागेको छ । स्टकका अनुसार बैङ्किङ ६।६, होटल २१।५१, विकास बैङ्क ७।६३, जलविद्युत् १६।३, फाइनान्स ३।५१, निर्जीवन बीमा ९।७७, उत्पादन ०।१८, अन्य ४।७४, माइक्रोफाइनान्स ८।३९, जीवन बीमा ४८।२८ र सामूहिक लगानी कोषको शेयर ०।१ अङ्कले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा आज प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु दुई करोड ७२ लाख १६ हजार ३७६ मा खरिदबिक्री भयो । यस्तै एनआइसी एसिया बैङ्कको रु एक करोड ४६ लाख ९३ हजार २४०, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको रु ६१ लाख ७० हजार ३०२, स्टाण्डर्ड चार्टर बैङ्कको रु ५० लाख ६५ हजार २८५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४९ लाख सात हजार ३२८ र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रु ४५ लाख ७१ हजार ३०७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक बढेपनि दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५।३५ प्रतिशतले गुमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था २।८९, तारागाउँ रिजेन्सी होटल २।७७, एनएलजी इन्स्योरेन्स कम्पनी २।६३, गुराँस लघुवित्त वित्तीय संस्था १।९८ र मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडका लगानीकर्ताले १।९८ प्रतिशतले गुमाए ।

नेको इन्स्युरेन्स कम्पनी शेयरधनीले ५।९८ प्रतिशतले कमाउँदा हिमालयन पावर पार्टन ५।८०, सेन्ट्रल फाइनान्स कम्पनी ५।७१, सिजर्नी पावर डेभलपमेन्ट ५।६६, गुडवील फाइनान्स कम्पनी ४।४४, र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४।३३ प्रतिशतले कमाए ।