दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङदेनले वर्तमान ओली नेतृत्वको सरकार भ्रष्टचारीको संरक्षण बनेको बताएका छन् ।
दाङको तुलसिपुरमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार असक्षम मात्रै नभएर भ्रष्टचारको संरक्षक बनेको, मुलुकको शान्ति सुरक्षा कायम गर्न नसकेको र मुलुकमा रोजगारको अवसरको उल्टो प्राप्त भएको वैदेशिक रोजगारको वातावरणलाई पनि विथोल्ने काम भैरहेको बताएका छन् ।
साथै उनले सरकारलाई सच्चिनका लागि दबाद दिन पनि आफनो पार्टी राप्रपालाई विकल्पका रुपमा भोट दिन आग्रह गरेका छन् । साथै उनले प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारका हरेक क्रियाकलापमा आक्रामण्यताको साक्षि जस्तै वनेको बताएका छन् ।
सरकारका हरेक काण्ड जस्तै वाईडवडी, बालुवाटार,सुनकाण्ड, मेलम्ची खानेपानी लगाएतका घटनामा प्रतिपक्षी सरकारको बिरोध कर्मकाण्डजस्तै भएको बताएका छन् । जनता सरकारका क्रिायाकलापबाट आजित भएको पनि उनले बताएका छन् ।