अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प : मृतकको संख्या बढेको ९२० पुग्यो

 १३ अुार, काठमाडौं । गत बुधबार साँझ दक्षिण अमेरिकी देश भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या ९२० पुगेको छ भने ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

अझै सयौँ बेपत्ता छन्। भग्नावशेष हटाउने बेपत्ता खोज्ने क्रम जारी छ।

यस क्रममा शुक्रबार अधिकारीहरूले अहिलेसम्म २४३ जनालाई जीवितै फेला पारिएको बताएका छन्।

मृतकको संख्या अझै बढ्ने सम्भावना छ।