एजेन्सी । अर्जेन्टिनामा नेशनल काँग्रेसका अल्बेट्रो फर्नान्डीजले नयाँ राष्ट्रपतिको रुपमा सपथ लिएका छन् । उनले सपथ लिने क्रममा एकजुट भएर देशको आर्थिक संकटबाट दिलाउनेमा देशवासीलाई विश्वस्त बनाए ।
उनले भने, “म कुनैपनि भेदभाव बिना अर्जेन्टिनाको आफ्नो खुट्टामा उभ्याउने उद्देश्यको साथ् आएको हुँ । ताकी मेरो यस कदमले देशको गरिमा बढोस्, र देशमा सामाजिक न्यायका साथ् विकासका कामहरू सुचारित रुपमा हुन् सकोस् ।”
६० वर्षीय फर्नान्डीजले आफ्नो पूर्ववर्ती मौरिसियो मैक्रीबाट पदभार सम्हालेका हुन् । उनले नयाँ सरकार अर्जेन्टिनालाई करको बोझ कम गर्दै अर्थ व्यवस्थाको विकास गर्न साथै देशको निर्यात बढाउन कतिबद्ध रहने प्रतिज्ञा समेत गरे ।