काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले शुक्रबारको काँग्रेस बैठकबाट बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई नजरअन्दाज गर्दै संस्थापन पक्षले एकलौटी ढंगले निर्णय गर्नुलाई बिनाशकाले विपरित बुद्दीको संज्ञा दिएका छन् । नेता घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देउवा सभापति देउवाले शुक्रबारबाट पार्टीमा परम्परा, संस्कार र मर्यादाको अन्त्य गरेको बताएका छन् । उनले संस्थापक नेता बीपी कोईराला, गणेशमान सिँहका परिवारकोे मानमर्दन भएको टिप्पणी गरेका छन् ।
नेता घिमिरेले सहमती सहकार्यको राजनीतिको अन्त्य गर्दै सभापति शेरबहादुर देउवा पक्षले पेलेर आफ्ना निणर्यहरु पारित गर्नु लोकतन्त्र र मुलुकका लागि नै दुर्भाग्य भएको बताएका छन् । मंशिर २६ गतेदेखी बस्ने भनिएको केन्द्रीय समिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिस्कारका कारण बस्न नसकेपछि सभापति देउवाले एकलौटी निर्णय गर्दै आफ्ना निर्णयहरु पारित गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेता घिमिरेले आफ्नो ब्यक्रीगत धारणा राखेका हुन् । पछिल्लो समय संस्थापन र पौडेल पक्षबीच सम्बन्ध थप चिसिंदै गएपछि शुक्रबार गरिएको सभापपति देउवा पक्षको बहुमतको आडमा गरिएको निर्णयले कमजोर काँग्रेसलाई झनै कमजोर बनाउने संकेत देखाएको छ ।
उनी भन्छन्ः आजबाट हाम्रो पार्टीमा परम्परा, संस्कार र मर्यादाको अन्त्य भयो। संस्थापक नेता बीपी, गणेशमानका परिवार र रामचन्द्र पौडेल जस्ता नेतालाई नजरअन्दाज गरि निर्णय गर्ने परिपाटीको प्रारम्भ गर्नु साच्चै ठूलो दुर्भाग्य!बिनाशकाले विपरित बुद्दी!!






