राजनीति

गुरुङको प्रश्नःअझै नेतृत्वलाई वीपी/सुवर्ण/गणेशमान/किुसुनजीका अनुयायी भन्न लाज लाग्दैन र ?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुगंले नेपाली काँग्रेसभित्र साँढे जुधाईजसरी भएको नेतृत्वको शक्तीको दम्भ देख्दा अब त हामीलाई वीपी, सुवर्ण, गणेशमान, किुसुनजीका अनुयायी हौं भन्न पनि लाज लाग्नु पर्ने होइन र ? भनेर प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।

नेता गुरुंले एउटा तस्वीरसमेत पोष्ट गर्दै भनेका छन्, काँग्रेस शिर्ष नेतृत्व प्रति मेरो कुनै गुनासो छैन। जब चेतनाका ढोकाहरु सबै बन्द हुन्छन् तब तलको तस्बिर आफै वोल्छ , उनले शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच पछिल्लो समयमा देखिएको तिक्ततालाई लिएर असन्तोष पोख्दै प्रतिकृया दिएका हुन् ।

उनको स्टाटस्ः काँग्रेस शिर्ष नेतृत्व प्रति मेरो कुनै गुनासो छैन। जब चेतनाका ढोकाहरु सबै बन्द हुन्छन् तब तलको तस्बिर आफै वोल्छ। अब त हामीलाई वीपी, सुवर्ण, गणेशमान, किुसुनजीका अनुयायी हौं भन्न पनि लाज लाग्नु पर्ने होइन र? जयनेपाल !