आर्थिक

अरुण काबेली पावर लिमिटेडको नवौ वार्षिक साधारणसभा सम्पन्न

अरुण काबेली पावर लिमिटेडको ९ औं वार्षिक साधारणसभा मंगलबार ( पुष १५ गते) पाँचौ तल्ला, मैत्री हल, इन्द्रेणी फूड ल्याण्ड, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरी जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । त्यसै गरी कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि–१ जलविद्युत आयोजना २५ मेगावाट सम्पन्न भई २०७६ असोज १६ गते परिक्षण उत्पादन र कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको व्यहोरा साधारणसभामा अवगत गराइयो ।

कम्पनीले आगामी वर्षदेखि आफ्नो शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।

त्यसै गरी अध्यक्ष न्यौपानेले कम्पनीले निकट भविष्यमा जलविद्युत लगानी सम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने साधारणसभामा जानकारी दिए ।