Logo
९ श्रावण २०८३, शनिबार Sat Jul 25 2026
  • होमपेज
  • राजनीति
  • आर्थिक
  • समाचार
  • कुराकानी
  • विचार/ब्लग
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • विचित्र संसार
  • English
आर्थिक

उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ : मन्त्री भट्ट

Shova
१७ पुस २०७६, बिहिबार ००:००  ३ : ३६ बजे
1k
Shares
उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताए ।
“उखु किसान आन्दोलनमा छन्, चिनी उद्योगमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भने, “ चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको छ । कार्यदलले १५ भित्र सरकारलाई प्रतिवेदन बुझाउँछ ।”
उनले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बैठकमा जानकारी दिए। उखु किसानका ११ बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरीद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रष्ट पारे ।
उनले लुम्बिनी र वीरगञ्ज चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिए । मन्त्री भट्टले विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउने प्रतिबन्ध लगाइएको जानकारी दिए ।
बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा बिमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्न सुझाव दिए। 

सम्बन्धित खबरहरु

आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घट्यो

आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घट्यो

भारतबाट रोक लगाएपछि किसानहरूले पाए केराको उचित मूल्य

भारतबाट रोक लगाएपछि किसानहरूले पाए केराको उचित मूल्य

सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ किनबेच ?

सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ किनबेच ?

प्रतिक्रिया दिनुहोस !

ताजा समाचार

फ्रान्समा विशाल डढेलो, ४० हजार नागरिकलाई अन्यन्त्र सारियो
फ्रान्समा विशाल डढेलो, ४० हजार नागरिकलाई अन्यन्त्र सारियो
आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घट्यो
आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घट्यो
अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य
अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य

लोकप्रिय

सुमो गाडिमाथि चट्टान खस्दा १३ जनाको मृत्यु, दुई घाइते
कीर्तिपुरमा कारभित्र जलेका काठमाडौंकै ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ
जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
काठमाडौंमा फेरि अर्को दुख:द घटना : युवतीले आफ्नो शरिरमा लगाइन् आगो
च्याउ खोज्न गएका १४ महिलाको जंगलमा त्रासदीपूर्ण रात, २५ घण्टापछि सकुशल उद्धार
रवि–स्वर्णिमको एकान्त भेटपछि रास्वपामा नयाँ तरंग ?
हिमालय टिभीले विश्वकप फाइनल निःशुल्क देखाउने
Logo
अध्यक्ष/प्रधान-सम्पादक बाबुराम आचार्य
स्थायी लेखा नं. ६०२४०७३२२
दर्ता प्रमाणपत्र नं २०९-०७३/७४
  ०१–५४७१५२९ / ९८५१०२७२८३ नयाँबानेश्वर – १०, काठमाण्डौ

इमेल:[email protected]/[email protected]

  • आर्थिक
  • समाचार
  • कुराकानी
  • विचार/ब्लग
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • विचित्र संसार
  • English
  • खेलकुद
  • मोडेल टु वाच
  • सामाजिक सञ्जाल
© 2026 प्रकाशित/सर्वाधिकार सुरक्षित  Surya Khabar
By : Appharu
खोजि गर्नुहोस