काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । हिजो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा आज ५ सय बढेर ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
तेजावी सुनको मूल्य पनि ५ सय बढेर ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । इरान-अमेरिकाबीचको द्वन्दको असर नेपालको सुनचाँदी बजारमा देखिएको हो ।





