काठमाडौं । जगदम्बा स्पोर्टस प्रा.लि.अन्तर्गत पोखरा राईनोज टिमको तर्फबाट हालै पोखराको लेक साईडमा वातावरण प्रदुषणको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रम टि.भि.एस तथा वातावरण सम्बन्धित संस्था (क्लिन इनर्जी नेपाल) को सहकार्यमा ३१ डिसेम्बर, २०१९ बाट शुरु भएको पोखरा स्ट्रिट फेस्टिवलमा विभिन्न कार्यक्रमका साथ सामाजिक जनचेतना अभियानलाई जनमानसमा वातावरण प्रदूषणको अवस्था, न्युनिकरण गर्ने कार्यदिशा तथा ‘स्वच्छ वायु मेरो अधिकार’ भन्ने नाराका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रत्येक अवलोकनकर्ताहरुलाई वातावरण प्रवद्धनमा मेरो साथ र न्युनिकरण गर्न हस्ताक्षर संकलन गरि सम्बन्धित वातावरण सरोकार समितिलाई संकलित हस्ताक्षर हस्तान्तरण गर्ने, वातावरण प्रदूषणबाट बच्ने उपाय र आगामी कार्यक्रममा म्याराथोन, रातको समयमा ओपन मुभि नाईट, र्यालि तथा वृक्षारोपण कार्यक्रमको बारेमा जानकारी गराइएको थियोे ।
आगामी दिनमा नेपालमा हुन लागेको बहुप्रतिष्ठित ईपिल क्रिकेटलाई प्रवद्धन गर्ने हितले क्रिकेट सम्बन्धि विभिन्न खेल सामाग्रीलाई पनि जगदम्बा स्पोर्टसले उक्त महोत्सवमा स्टल राखि खेलकुद पर्यटनलाई प्रवद्धन गर्न सफल भएको छ ।





