काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सभामुख पदका लागी योग्यताका आधारमा स्वतन्त्र प्रतिस्पर्धा गर्न सुझाव दिएका छन् । साहित्यकार संग्रौलाले सांसदहरुलाई दलीय मालिका भेडा बनाउने ह्वीप नलगाउन सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सभामुख पदका लागि उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, सुवास नेम्बाङ, अग्नि सापकोटा र देव गुरूङ लड्नु पर्ने बताए ।
शिवमायाको योग्यता र हकदाबी, ओली अनि दाहालको विश्वसनीयता र सुवास, अग्नि र देवको लोकप्रियताको जाँच हुने भन्दै कहिलेकाहीँ स्वतन्त्र प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।
उनको ट्वीटरः सांसदहरूलाई दलीय मालिकका भेडा बनाउने ह्वीप नलागोस्, सभामुखमा शिवमाया तुम्बाहाम्फे, सुवास नेम्बाङ, अग्नि सापकोटा र देव गुरूङ लडून् । शिवमायाको योग्यता र हकदाबी, ओली–दाहालको विश्वसनीयता र सुवास,अग्नि र देवको लोकप्रियताको जाँच हुन्छ । कहिलेकाहीँ प्रतिस्पर्धा पनि गरौँ न, मान्यवर ।