समाचार

मुलुकभर बुधबारदेखी फेरी वर्षा र उच्च पहाडी भेगमा हिमपातको संभावनाः मौसमवीद

काठमाडौं । केहि दिनदेखी रोकिएको वर्षा र हिमपात र वर्षा फेरी सुरु हुने भएको छ । आज  (बुधबार) देखी काठमाडौं उपत्यका लगाएत देशैभर वर्षाको सम्भावना रहेको मौसमवीदले बताएका छन् ।

मौमस पूर्वानुमान महाशाखाले (मंगलबार)  विशेष बुलेटिन निकालेर आज (बुधबार) बेलुकी नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने जानकारी दिएको हो ।

महाशाखाले (मंगलबार) हिजो विशेष बुलेटिन निकालेर (बुधबार) आज  बेलुकी नेपाल प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने जानकारी दिएको हो । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस प्रणालीका कारण बिहीबार काठमाण्डौसहित मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा भारी हिमपातको सम्भावना रहेको मौसमविद् सजना शाक्यले बताएका छन् ।

यो प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको संभावना रहेकोले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।