काठमाडौं । नेपाली कांग्रेसका सभापती देखी विभिन्न वरिष्ठ नेताहरुले माघी पर्वको अवसरका शुभकामना दिएका छन् । कांग्रेसका सभापती शेरबहादुर देउवाले माघी पर्व तथा माघे संक्रान्तिको उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना दिएका छन् ।
उनको ट्वीटरः माघी पर्व तथा माघे संक्रान्तिको उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना ।

यस्तै कांग्रेस नेता डा शेखर कोईरालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत थारु समुदायको पवित्र र महान पर्व “माघी” को अवसरमा स्वदेश एवं बिदेशमा रहेका आमा, बुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना ब्यक्त गरेका छन् ।
उनले यस पर्वले सुख, शान्ती, समुन्नती, स्वावलम्बन र समृद्धीतर्फको बाटोमा हिडाउॅन सकोस भन्ने कामना पनी गरेका छन् ।
उनको ट्वीटरः थारु समुदायको पवित्र र महान पर्व “माघी” को अवसरमा स्वदेश एवं बिदेशमा रहनुभएका यस समुदायका आमा, बुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना ब्यक्त गर्दछु । यस पर्वले सुख, शान्ती, समुन्नती, स्वावलम्बन र समृद्धीतर्फको बाटोमा हिडाउॅन सकोस भन्ने कामना पनी गर्दछु । 
अर्का नेता गगन कुमार थापाले पनि शुभकामना दिएका छन् । ट्वीटरमार्फत नेता थापाले शुभकामना सन्देश जारी गरेका हुन् ।
उनको ट्वीटरः माघी तथा माघे संक्रान्तिको उपलक्ष्यमा हार्दिक शुभकामना ।






