राजनीति

पौडेलले भेटे भाजपा नेता राजनाथ सिंह, भारतीय उच्च नेतृत्वले महत्वदिएपछि देखिए उत्शाही

काठमाडौं । भारत भ्रमणमा निस्किएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आज भारतका रक्षामन्त्री राजनाथ सिंहसंग भेट गरेका छन् । नेपाली काँग्रेसको आउँदै गरेको १४ औं महाधिवेशन, काँग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रममा सभापति शेरबहादुर देउवासँगको बढ्दो दूरीकाबीच एकाएक भारत भ्रमणमा केहिदिनअघिदेखी निस्किएका बरिष्ठ नेता पौडेलले भाजपा नेता तथा रक्षा मन्त्री राजनाथ सिंहसँग भेट गरेका हुन् ।

नेता सिंहसँगको भेटमा नेपाल र भारत बीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्था बारे छलफल भएको दाबी बरिष्ठ नेता पौडेलको छ । १४ औं रुपमा सभापतिका महाधिवेशनमा सभापतिमा निविकल्प प्रत्याशीका रुपमा रहेका बरिष्ठ नेता पौडेल १३ औं महाधिवेशनमा पनि सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए । बरिष्ठ नेता रामचन्द्र पौडेल भद नेताका रुपमा गनिन्छन्, उनी सभापतिका लागि भारतका नेताहरुको समर्थन जुटाउन भारत भ्रमणमा निस्किएको हुनसक्ने राजनीतिक विश्लेशकहरुले आँकलन गरेका छन् । यानिकी बरिष्ठ नेता पौडेलको सचिवालयले भने उपचारका लागि उनी दिल्ली गएको बताएको छ । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, काँग्रेस आईका अध्यक्ष राहुल गान्धी लगायत उच्च नेतृत्वलाई समेत भेट्ने सम्भावना रहेको बताईएकोछ ।

भारतीय उच्च नेतृत्वले उपचारपछिको बरिष्ठ नेता पौडेलको उच्च राजनीतिक भेटघाटलाई महत्व दिएको देखिएको छ । पुर्व उपप्रधान एबम् गृहमन्त्री समेत रहेका बरिष्ठ नेता पौडेलसँग नेपालको लोकतन्त्र प्राप्तीका लागि लामो अनुभव छ । कहिलेकाँही कुनै बिषयमा आलोचना हुने गरेपनि उनलाई आउँदो महाधिवेशनमा सभापति देउवालाई हराउन सक्ने सिनियर मष्ट वन नेताका रुपमा काँग्रेसबृतमा लिने गरिन्छ । बरिष्ठ नेता पौडेलको भेटघाटलाई भारतीय नेताहरुले महत्वका साथ हेरेपछि पौडेल उत्शाही देखिएका छन् ।