ब्रेकिङ न्युज

क्यानडा दक्षिण अफ्रिकालाई हराएर अन्तिम १६ मा प्रवेश

१५ असार, काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस रंगशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १-० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो ।

यससँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो । क्यानडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो ।

क्यानडा समूह ‘बी’ मा दोस्रो तथा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।