काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम मासेवङ गाउँपालिका– १ का दिलेन्द्र योङहाङ रहेको त्रिभुवन विमानस्थल प्रहरीले जनाएको छ ।
उनी बुधबार थाई यएरलाइन्सको उडानबाट नेपाल हुँदै बैंकक जान लाग्दा पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।





