आर्थिक

अजोड इन्स्योरेन्स तथा प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धि सम्झौता

काठमाडौ । अजोड इन्स्योरेन्स लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूति सम्बन्धि सम्झौता भएको छ ।

आइतवार यस कम्पनीको प्रधान कार्यालय अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।