समाचार

काँग्रेसका ईमान्दार नेता तथा कार्यकर्तामा वीपीको विचार पुग्न सकेनः नेता जोशी

काठमाडौैँ/ वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले नेपाली काँगे्रसका नेता तथा कार्यकर्तामा वीपीको विचार पुग्न नसकेको दाबी गरेका छन् । आज वीपी विचार राष्ट्रिय समाज सल्यानको पहिलो जिल्ला अधिवेशनको उदघाट्न गदै प्रमुख अतिथि जोशीले वीपीको विचार अवलम्बन गरेमात्र पार्टी शक्तिशाली बन्ने दाबी गरेका छन् । नेपाली काँगे्रसका नेता समेत रहेका जोशीले काँगे्रसमा गुटउपगुट हाबी हुँदा निरन्तर कमजोर बनेको उल्लेख गरे । पाटी कमजोर बन्दा पार्टीले प्रमुख प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकेको उहाँको जिकिर छ । वीपीले अबलम्बन गरेको राष्ट्रियता , प्रजातन्त्र र समाजवादबारे कार्यकर्ताहरुमा सहि ब्याख्या गर्न नसकिएको उनको तर्क छ ।

सोही कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले वीपीको विचारलाई गाउँगाउँ पु¥याउनको लागि समाजले विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिए । कार्यक्रमका विशिष्ट अतिथि चन्दले आफूहरुले थालनी गरेको अभियानले काँग्रेसलाई बलियो बनाउनको लागि महत्वपूर्ण योगदान भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुरेन्द्र हमालले वीपीको विचारबारे प्रकाश पार्नुभएको थियो । वीपीको विचारलाई गाउँगाउँमा पु¥याउनको लागि समाजले विभिन्न कार्यक्रमको आयोजना गरेको दाबी गदै काँग्रेसप्रति विश्वास बढ्दै गएको उल्लेख गरे ।

कार्यक्रममा नेपली काँगे्रसका सल्यान जिल्ला सभापति गणेश चन्द, जिल्ला समन्वय समितिका सभापति केशबहादुर विष्ट, नेपाल शिक्षक संघ सल्यानका अध्यक्ष एकराज बुढाथोकी, कर्णाली प्रदेश दलीत संघका उपाध्यक्ष चक्र परियार , नेपाल महिला संघकी केन्द्रीय सदस्य गिरिजा न्यौपाने, कर्णाली प्रदेश सभापति गोरख बहादुर केसी, महासमिति सदस्य टिकाराम रोक्का, प्रदेशसभा सदस्य एकराज डाँगी, रामचन्द केसी लगायतले बोलेका थिए ।

नेत्रलाल ओलीको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति

यसैबीच, वीपी विचार राष्ट्रिय समाज सल्यानको पहिलो जिल्ला अधिवेशनले नेत्रलाल ओलीको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्ण धिताल,सचिवमा रामचन्द केसी सहसचिवमा अनिल लगायतलाई निर्विरोध चयन गरिएको वीपी विचार राष्ट्रिय समाज सल्यानले जनाएको छ ।