समाचार

निमोनियालाई कोरोना भनेर समाजमा त्रास नफैल्याऔं बरु, बच्ने उपाय सिकाऔंः गुरुङ

काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले कोरोना भाईरसका बारेमा अनावश्यक नलेख्न मिडियाहरुलाई आग्रह गरेका छन् । कतिपय मिडियाले निमोनियाका बिरामीलाई कारोना लागेको भनेर प्रचभार गरेको घटनालाई स्मरण गर्दै बिश्वमा नै माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा हालसम्म नदेखिएपनि त्यसमा नखेल्न नेता गुरुङले अनुरोध गरेका हुन् ।
उनले मिडिया तथा सामाजिक सञ्जालमा कोरोनाबाट बच्ने उपाय सिकाएर जनतालाई राहत दिन उनको बिशेष आग्रह छ ।

नेता गुरुङको स्टाटस्ः समाचार नपाए नलेखौं तर सामन्य रुघाखोकी तथा निमुनियाँको बिरामीलाई समेत कोरोनाको आशंका भन्दै समाचार बनाएर नकरात्मक सन्देश नदिऔं। बरु कोरोना भाइरसको संक्रमण हुनबाट बच्ने उपायहरुलाई नै प्राथमिकताका साथ संप्रेषण गरौं।