समाचार

काठमाडौं उपत्यका लगायत देशैभरी अब गर्मी बढ्दै जान्छः मौसमवीद

काठमाडौं । केहीदिन देखिको बदली र वर्षा हटिसकेर अब मुलुकैभर गर्मि चढ्ने भएको छ । मौसमबीदका अनुसार अब बिस्तारै गर्मी बढ्दै जाने भएको हो । मौसमवीद गंगा नगरकोटिले तत्काल पानी पार्ने कुनै प्रणाली सक्रिय नदेखिएकाले अब अधिकतमसँगै न्यूनतम तापक्रम बढ्दै जाने बताईन् ।

तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम भने आशिंक बदली हुने उनको भनाई छ । यस्तै प्रिमनसुनी समय भएकाले दिउँसोपछि सामान्य हावाहुरी पनि चल्ने उनको भनाइ छ ।

बिहान मौसम खुले पनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु प्रिमनसुनको विशेषता हो । तर अबको केही दिन पानी भर्ने पर्ने सम्भावना नरहेको मौसमविद् नगरकोटीको अनुमान छ ।

यस्तै केहिदिन अघि परेको अशिना सहितको पानीले मुलुकका विभिन्न स्थानमा बालिनाली सखापै पारेको छ । भने हिमालपारीका जिल्लाहरुमा पुनः हिमपात भएपछी चिसो फेरी बढेको छ ।