समाचार

आजदेखी शुक्रबारसम्म दैनिक ७ घण्टा काठमाडौंको कुन–कुन ठाउँमा जाँदै छ त बत्ती ?

काठमाडौं । आज मंगलबारदेखी काठमाडौंका केही स्थानमा दैनिक ७ घण्टा बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

काठमाडौं जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर स्तररोन्नति गर्नुपर्ने भएकाले फोर्सपार्क बिरेन्दै चोक, गान्धिमोड, हाक्ति डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म लाइन काट्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

काम छिट्टै सकिए तोकिएको समयअघि नै बिजुली आपूर्ति हुने प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ । यसैगरी ललितपुरका केही ठाउँमा मङ्गलबार, बिहीबार र शनिबार आठ घण्टा बत्ती जाने भएको छ ।

पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले मङ्गलबार, आउँदो बिहीबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मङ्गलबार, बिहीबार र शनिबार चुनिखेल, छम्पी, सल्यानटार, इटाहिटी, कामी डाँडा, टिकाभैरव, देवीचौर, बुरुङ्गचुली क्षेत्रलगायत फर्पिङ फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बत्ती जानेछ ।