सामाजिक सञ्जाल

डा भट्टराईको प्रश्नः प्रदेश २ को नाम मधेस प्रदेश हुन किन नसक्ने ? केहि सरम गर्नुस्

काठमाडौं । पुर्व प्रधामन्त्री तथा समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रदेश २ को नामाकरणको विषयमा हिँदीमा एक ट्वीट गरेका छन् ।

आफ्नो ट्वीटमार्फत डा भट्टराईले मधेसी ’पहिचान नेपालको संविधानमा उल्लेख भएको भन्दै २ नम्बर प्रदेशका नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन  केहित सरम गर्नुस् भनेका छन् । साथै भट्टराईले पूर्वमाओवादी र पूर्वनयाँ शक्तिका साथीहरू कता छन् भन्ने प्रश्न समेत गरेका छन् ।

उनले आप्नो ट्वीटमा यस्तो लेखेका छ्नः हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैंरुऔर पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हैं रु कुछ तो शरम करो यारो । प्रदेश नम्बर २ मा प्रदेशको नामलाई लिएर बिबाद भईरहको छ । 

मङ्गलबार प्रदेश २ को नाम र राजधानीका लागि विभिन्न चरणमा मतदान भए पनि नामाकरण टुङ्गो लाग्न सकेन । सहमति प्रक्रियाबाट टुङ्गो लगाउन नसकेपछि गोप्य मतदान प्रक्रियामा गए पनि प्रदेशले कुनै नाम पाउन सकेन ।

कुनै पनि प्रस्तावमा दुई तिहाइ मत नआएपछि फेरि प्रस्ताव दर्ता गरी सहमति जुटाउने र गोप्त मतदान सहितका अर्को चरणमा जानेछ ।

उनको ट्वीटः जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकतारुहमारे पूर्व माओवादी कमरेडो मातृका यादव, प्रभु साह,भरत साह कहाँ हैंरुऔर पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हैंरुकुछ तो शरम करो यारो !