काठमाडौं । पूर्व डिआईजी रमेश खरेलले आफू नेपाल सुशासन अभियानमा भएको बताएका छन् । उनले एक हप्ताबाट नेपाल लकडाउन गरेकोले यो ढिलो भएपनि राम्रो काम भएको बताएका छन् । उनले लकडाउनमा स्वास्थ्यकर्मीलाई पीपई उपलब्ध गराएर उनीहरुको मनोवल बढाउन बिश्वास जित्न जरुरी भएको बताएका छन् ।
सुरक्षा कर्मी, स्वास्थ्यकर्मीलाई सामाजीक दूरी बढाउन सिकाउन तालीम दिन तथा गाउँको दूरदराजका नेपाली दाजुभाईदिदीबहिनी जो यसबारेमा जानकारी छैन उहाँहरुलाई जानकारी दिन सिकाउन आग्रह गरेका छन् । उनले कोरोना भाईरस स्रक्रमणबाट बच्न सकिने दृडता ब्यक्त गर्दै चाईना, इण्डीया लगायतका देशहरुको अनुभवलाई हेर्नुपर्ने बताए । दुई हप्ता अगाडी नै लक्ड डाउन हुनुपर्ने भएपनि ढिला भएपछि भएपनि लक्ड डाउन भएको राम्रो कुरा भन्दै सबै नेपालीहरु अनुशासीत हुनुपर्ने बताउँदै सबै सचेत भएर अनुशासित र संयमीत भएर कोरोना भाईरसबाट बच्ने उपाय अपनाउनुको बिकल्प नभएको बताएका छन् ।
रमेश खरेलले कोरोना सिंक्रमण भेटिएमा आईसेलेशनमा, क्यारेन्टायनमा राख्न आग्रह गरेका छन् । कलाकार निर्मल शर्मासँग लाईभमा आएका खरेलले बोल्नुभन्द्या अगाडी वा पछाडि बोलेका शर्माले आफ्नो वडा नम्बर ७ मा कोही, भोका, बेरोजगार मजदुरलाई वडाले राहत प्याकेज बितरण गर्ने बताए । उनले सम्पूर्ण डाक्टर, नर्श लगायतका स्वास्थ्यकर्मीको मनोवल बढाउन आग्रह गरेका छन् । उनले आफूहरुले सेनिटाईजर लिएरमात्र कुरा गरेजस्तै सबैलाई सजक हुन आग्रह गरेका छन् । उनले बताउँदै कोरोनाको उपचार नगर्ने निजी अस्पताललाई खारेज गर्न आग्रह गरेका छन् । महँगो शुल्कमात्र लिनेभन्दा त्यसलाई समस्या परेकोबेला सामाजिक सेवा नगर्नेलाई यस्ता गलत काम गरेको भिटिए तत्काल कारबाही गर्न आग्रह गरे ।





