राजनीति

केसीको चेतावनीः भोकमरीले आमाले छोरा त्याग्ने/सर्पले बच्चा खाने जस्तो अपराध नजन्मियोस्

बैशाख ४ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजुननरसिंह केसीले कोरोना माहामारी नियन्त्रण गर्न मुलुकमा लकडाउन गर्नु सहि भएपनि गरिब तथा विपन्न परिवारका लागि खानाको व्यवस्थापन हुन नसकेको तर्फ कटाक्ष गरेका छन् ।

नेता केसीले सामाजिक सञ्जाल ट्वीट मार्फत भोकाहरुको व्यवस्थापन नै नगरी लकडाउन नै रामवाण नसम्झौ भन्दै सरकारप्रति आक्रोस व्यक्त गरेक छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्ः । त्यजेत् क्षुधार्ताःजननी स्वपुत्रं । खादेत् क्षुधार्ताःभुजगी स्वमण्डम् वुभुक्षितःकिं न करोति पापं क्षीणा जनाःनिष्करुणा भवन्ति ।

नेता केसीले दैनिक ज्यालादारी गरि खानेहरुका लागि खानाको अभाव भाई लकडाउनमा आमाले छोरा त्याग्ने, सापले बच्चा खाने जस्तै भोक को उग्रविक्षिप्तता ले सामाजिक अपराध र अराजकता नजन्मियोस भन्ने तर्फ सरकारलाई सचेत गराएका छन् ।

 

उनको ट्वीटः भोकाहरुको व्यवस्थापन नगरी लकडाउननै रामवाण नसम्झौ । त्यजेत् क्षुधार्ताःजननी स्वपुत्रं । खादेत् क्षुधार्ताःभुजगी स्वमण्डम्, वुभुक्षितःकिं न करोति पापं क्षीणा जनाःनिष्करुणा भवन्ति । आमाले छोरा त्याग्ने, सापले बच्चा खाने जस्तै भोक को उग्रविक्षिप्तता ले सामाजिक अपराध र अराजकता नजन्मियोस ।