सामाजिक सञ्जाल

प्रदिपको प्रश्नः माहामारीलाई अवसर बनाउँदै सरकार गुट बलियो बनाउने रणनितिमा हो र ?

३ बैशाख काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले कोरोना माहामारीको अवसर बनाउँदै सरकार गुट बलियो बनाउने रणनीतिमा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता पौडेलले भूमि व्यवस्था आयोग र कोभिड १९ संकटको के सम्बन्ध छ भन्ने प्रश्न गर्दै यसको गठनले कोरोना संक्रमण रोक्न के सहयोग पुन्याउँछ ? भन्ने प्रश्न गरे ।

के सरकार यो समयलाई देश कब्जा गर्ने पार्टीमा आफनो गुट बलियो बनाउने मौका ठानिरहेको छ भन्दै उनले कडा प्रश्न गरेका छन् ।

उनले फजुल खर्च बढाएर कार्यकर्ता पोस्ने समय यों नभएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गरेका छन् ।

 

उनको ट्वीटः भूमि व्यवस्था आयोग र कोभिड १९ संकटको के सम्बन्ध छ । यसको गठनले कोरोना संक्रमण रोक्न के सहयोग पुन्याउँछरुके सरकार यो समयलाई देश कब्जा गर्ने पार्टीमा आफनो गुट बलियो बनाउने मौका ठानिरहेको छ । फजुल खर्च बढाएर कार्यकर्ता पोस्ने समय यों होइन ।