राजनीति

देउवाको प्रधानमन्त्री ओलीसंगको भेटले ल्यायो नयाँ तरङ्ग, कस्तो छ त रहस्य !

१३ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेट भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटघाटमा अध्यादेश फिर्ता र पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल भएको प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

दुईवटा बिधेयक डाईरेक्ट सरकारको सिफारिसमा राष्ट्रपतिले सदर गरेपछि चिसिएको प्रधानमन्त्री ओली र सभापति देउवाको सम्बन्ध सुमधुर बनाउने दाउमा प्रधानमन्त्री ओल्ी छन् भने सभापति देउवा ५ बर्ष आयु रहेको नेकपा सरकारलाई प्रतिपक्षी दलका रुपमा रहेपनि पुरै दूरी बढाउने हिसाबमा छैनन् भन्ने देखिन्छ ।

कतिपय काँग्रेस नेताहरुले नै सभापति देउवाको प्रधानमन्त्री ओलीसँगको भेट सही नभएको बताईसकेका छन् । उनीहरुले सभापति देउवाले असल प्रतिपक्षको भूमिका खेल्न नसकेको बताईरहेका बेला प्रधानमन्त्री ओलीसँगको भेटले थप शंका उत्पन्न गरेको छ ।
नेकपामा दुई बिधेयक फिर्ता नभए ओली र सरकारमा भएका बाहेकका सबै सिनियर नेताहरु ओल्ी बिरुद्ध उत्रिसकेका बेला प्रधानमन्त्रीले किन प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटे त्यो रहस्यमय भए पनि दुबै पार्टीका नेतृत्व अन्तरपार्टीमा आलोचित बनेका छन् । बजारमा सत्तापक्ष र प्रतिपक्षको आन्तरिक साँठगाँठको चर्चा हुन थालेको छ । कसैले सकारात्मक त कसैले नकारात्मक प्रतिकृया दिईरहेका छन् । नयाँ तरङ्ग पैदा गरेपनि ओली र देउवाको भेट भने रहस्यमा नै सकिएको छ ।