राजनीति

उदयको प्रश्नः लकडाउन लम्ब्याइरहने मात्रै सरकार, लकडाउनमा नागरिकलाई उद्धार र राहत खोई ?

१६ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता उदय शम्सेर राणाले लकडाउन लम्ब्याइरहने मात्रै सरकार, लकडाउनमा नागरिकलाई उद्धार र राहत खोई ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेकबुकमा लेख्दै कोरोना संक्रमण फैलिन नदिन लकडाउनको विकल्प थिएन, आमनागरिकले पालना गरेकैं छौं । तर लकडाउन लम्ब्याएर मात्रै सरकारको दायित्व पूरा हन्छ त ? भन्दै गम्भीर प्रश्नहरु सोधेका छन् ।

उनले भनेका छन्ः
कोरोना संक्रमण फैलिन नदिन लकडाउनको विकल्प थिएन, आमनागरिकले पालना गरेकैं छौं । तर लकडाउन लम्ब्याएर मात्रै सरकारको दायित्व पूरा हन्छ त ? गम्भीर प्रश्न सरकारलाई १११

स्वास्थ्यकर्मीलाई पर्याप्त गुणस्तरीय स्वास्थ्यसामग्री खोई ?

करिव तीन करोड नागरिकमध्ये जम्मा ५० हजारको कोरोना परीक्षण अनि बाँकीको कहिले ?

लकडाउनमा घरभित्रै बसेका र सडकमा अलपत्र नागरिकलाई उद्धार र राहत खोई ?

कोरोनाबाट प्रभावित क्षेत्रलाई आर्थिक प्याकेज कहिले ?

कोरोनासँग लड्नुपर्ने बेला भ्रष्टाचार र कानुनी शासनको धज्जी ?

सुझावः नागरिकलाई निर्देशन दिने सरकार आफू पनि नागरिकप्रति जिम्मेवार बन्ने कि !!!