राजनीति

महेश, सर्वेन्द्र र किशनका नाममा अपहरण मुद्धा दर्ता, अब के हुन्छ त ?

२२ बैसाख, काठमाडौं । समाजबादी पार्टीका उच्च नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादब, राजेन्द्र महतो, महन्थ ठाकुर लगायत सबै टेकु प्रहरीमा अपहरण मुद्धा दर्ता गर्न जाँदा समेत उनको मुद्धा दर्ता गर्न प्रहरीले अस्वीकार गरेको भएपनि आज उनीहरु बिरुद्धको निबेदन सरकारी वकीलको कार्यालय काठमाडौंमा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय टेकुले दर्ता गर्न नमानेको अपहरणको उजुरी सरकारी वकीलको कार्यालय काठमाडौंमा दर्ता गर्ने प्रयास गरेका थिए । डा सुरेन्द्रयादबसहित डा बाबुरा भट्टराई, उपेन्द्र यादब, राजेन्द्र महतो लगायतका नतोहरु जाँदापनि उनीहरुको मुद्धा दर्ता भएको थिएन । काठमाडौं कार्यालयले पछि भन्ने भनेको थियो भने प्रहरीले दर्ता गर्नै मानेको थिएन ।

अधिवक्ता दिनेश त्रिपाठीले उक्त अपहरण मुद्धा दर्ता भएको जानकारी दिएका छन् । अब दर्ता भएपछि उक्त मुद्धा कार्यान्वयनका लागि बाटो खुलेको छ । कतैपनि दर्ता नभएपछि मानव अधिकार आयोगमा सुरेन्द्य्र यादबले अपहरणको मुद्धा दर्ता गराएको केही दिनपछि आजै तीन आरोपीले राष्ट्रिय मानव अधिकार आयोगमा अपहरणकारी नभएके जिकिर गर्दै मुद्धा दर्ता गरेको छन् ।