२४ बैसाख, काठमाडौं । नेपाली काँग्रेसले कोरोना संक्रमणका कारण मुलुकको बर्तमा समस्या र भबिश्यमा आउनै चुनौतीलाई सामना गर्दै मुलुकको अर्थतन्त्रलाई चलायमामन बनाउन पूर्ब अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा अर्थतन्त्र केन्द्रीत बिशेष समिति गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाले गठन गरेको भनिएको उक्त समितिमा पूर्ब अर्थमन्त्री रामशरण महत, ज्ञानेन्द्र बहादुर कार्की, पूर्ब मन्त्री एबम् योजना आयोगका पूर्ब उपाध्यक्ष डा नारयण खड्का, पूर्ब मन्त्री तथा छायाँ सरकारका अर्थमन्त्री डा मिनेन्द्र रिजाल, नेताहरु तथा बिज्ञ चीनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदय शम्सेर राणा, डा पृथ्बीराज लिगल, डा शंकर शर्मा, जगदीश चन्द्र पोख्रेल, डा गोबिन्द पोख्रेल, स्वर्णीम वाग्ले रहेका छन् ।
डा रामशरण महतको संयोजकत्वमा बनाईएको समितिमा अधिकाँस अर्थमन्त्रालय सम्हालेका वा अर्थविदहरु सदस्य रहेका छन् ।






