नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले भारतले सडक उद्घाटन गरेको भनिएको लिपुलेक अनि कालापानी र लिम्पीयाधुरा तत्काल नेपाललाई फिर्ता गर्नुपर्ने बताएकी छन् । उनले एक बिज्ञप्ती जारी गर्दै, ‘व्यास, गुन्जी र लिपुलेक नेपाली भूमि हो। यसका ऐतिहासिक प्रमाणहरू छन्। तसर्थ सरकारले कूटनीतिक संवादमार्फत उक्त जमीन फिर्ता गराउन पहल थाल्नुपर्छ। लिपुलेक हाम्रो हो, भारत र चीनसँग कूटनीतिक संवादमार्फत फिर्ता गराऔ। राष्ट्रवादी छवि बनाएर मागेको भोटको सम्मान गर्दै तत्काल उच्चस्तरीय वार्ता टोली निर्माण गरी संवाद थाल्न सरकारसँग आग्रह गर्दछु।’ भनेकी छन् ।
नेतृ संग्रौलाले नेपाल, चीन र भारतको सीमाक्षेत्र लिपुलेकका सन्दर्भमा नयाँ विषय प्रकाशमा आएको भन्दै भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि अतिक्रमण गरी कालापानी क्षेत्र समावेश गरेको झण्डै ६ महिनापछि सडक निर्माण गरेको र नेपाली भूभाग व्यास, गुन्जी लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेर भारतले नेपालसँगका सन्धिसम्झौताको गम्भीर उल्लंघन गरेको बताएकी छन् । उनले नोपल र भारतबीच दुई देशको मित्रवत सम्बन्धमाथि प्रहार गर्ने कार्य भारतीय पक्षबाट भएको उनको ठहर छ ।
त २०७२ सालमा नेपालमा महाभूकम्प गएका बेला चीन र भारतले लिपुलेक पास हुँदै व्यापारिक मार्ग बनाउने सहमति गरेअनुसार विश्वव्यापी महामारी र संकटका बेला भारतले सडकमार्ग निर्माण र उद्घाटन गर्नु भारतीय पक्षको यो कार्य निन्दनीय रहेको नेतृ संग्रौलाको ठहर छ ।
डा संग्रौलाले विज्ञप्तीमार्फत भनेकी छन्, ‘भारत र चीन हाम्रा असल छिमेकी हुन्। तसर्थ आधार र प्रमाणहरूका माध्यमबाट नेपाली भूमि फिर्ताको पहल तत्काल थाल्न म प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई ध्यानाकर्षणसहितको आग्रह गर्दछु। ’





