राजनीति

नीति तथा कार्यक्रमले कोरोना मानवीय सङ्कट सम्बोधन गर्न सक्दैनः प्रदीप गिरी

२ जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप गिरीले आज बैठकमा बोल्दै नीति तथा कार्यक्रमको दस्तावेजमा कोरोना कारण परेको मानवीय सङ्कट सम्बोधन गर्न कुनै ठोस कार्यक्रम नभएको भन्दै सरकारकोे नीतिको आलोचना गरेका छन् ।

उनले विदेशबाट स्वदेश फर्कन नपाएका नेपाली नागरिकलाई व्यस्थित रुपमा घर फर्कने व्यवस्था गर्न सरकारसँग माग गरे ।

गिरिले नीति तथा कार्यक्रमले सरकारको वास्तबित रुप दिएको भन्दै सरकारको असफलता नीति तथा कार्यक्रमबाट सबैले जानकारी लिन सक्ने बताए ।