१ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नबिन्दराज जोशीले सरकारले आफूहरुले दिएको राम्रो सुझावसमेत नमानेको बताएका छन् ।
अहिले चलिरहेको जुम भिडियो बैठकमा क्वारेन्टाईन, शिक्षामा स्कुल र कलेज आदिमा कसरी अगाडी बढ्ने भन्ने कुरामा शिक्षा तत्कालीन र दिर्घकालीन रुपमा हुने निष्कर्ष निकाल्नुपर्ने बताए ।
वैकल्पिक रुपमा कसरी शिक्षा क्षेत्रलाई हाँक्न सकिन्छ भन्ने कुरा सरकारले ध्यान नदिएको नेता जोशीको आरोप छ । शिक्षाले नेपाल र नेपाली जनतालाई दिन नसकेको उनको तर्क छ ।
पूर्बमन्त्री समेत रहेका नेता जोशीले आफूहरुले २६ गते सरकारलाई प्रतिबेदन बुझाएको बताउँदै स्कुल कलेजमात्र नभएर समग्र शिक्षा क्षेत्रका लागि छलफल गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।
गणेशमान सिंह प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता जोशीले आफूहरुले सबैको हितमा अध्ययन गरेर काम गरेको र गर्ने जिकिर गरेका छन् ।






