१३ असार, काठमाडौं। सरकार कोरोना महामारीको मुख्य जिम्मेवारी निभाउन नसकेको आरोप लगाएका छन् । प्रतिपक्षी दलको हैशियतले नेपाली काँग्रेसले सबैलाई उचित किसिमले राहत दिनुपर्ने भएपनि सरकारले लकडाउन भएको ३ महिना कटिसक्दापनि कुनै भूमिका खेल्न नसकेको बताएका छन् ।
उनले सुदूरपश्चिमका जनता भारतीय कोरोना हब भएका दिल्ली, गुज्रात लगायतका स्थानमा मजदुरी गर्न जानुपर्ने बाध्यता भएकोकारणले अझै महत्व दिनुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका काँग्रेस नेता साउदले बताएका छन् ।
सुदूरपसिशचममा बेरोजगारी समस्या बढेर भोकमारीको अवस्था आउनसक्नेतर्फ धयान दिनुपर्ने भन्दै कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने भएपनि सरकारले त्यसतर्फ धयान नदिएको आरोप लगाए । सुदूरपश्चिममा धान लगायतका खेतीमा प्रोत्शाहन दिए बाहिरबाट आएकालाई सहभागी गराउन सकिने भन्दै फलफुलको सम्भावना भएपनि सरकारको स्पष्ट नीति र कार्यक्रम ल्याउन नसकेको बताए ।
मुकका अन्य स्थानमा राजमार्ग, अस्पताल, स्कुल, कलेज लगायतका पूर्बाधारहरु बन्न नसकेको अवस्थामा कोरोनाका कारणले भएको क्षतीलाई न्यून गर्न प्रधानमन्त्री ओली, स्वाथ्यमन्त्री भानुभक्त ढकालसँग आफूले पार्टीगत र व्यक्तीगत रुपमा कुरा राखेपनि सरकारले सुनेको नसुनै गरेको विपी अधययन प्रतिष्ठानले गरेको जुम भिडियो बैठकमार्फत बताएका छन् ।
कोरोनाका कारण फर्किएका २ लाख मानिसलाई व्यवस्थापन गर्न सदनमा आवाज उठाउने भन्दै आवस्यक परे जनस्तर र सडकमा समेत आवाज उठाउन तयार रहेको विचार व्यक्त गरे । बाजुर, बझागंमा मम्बै लगायतबाट मान्छे आएका भन्दै अछामको साँफेबगरमा कोभिड अस्पताल बनाउन आफूले सुझाव दिएको बताए ।
नेता साउदले सरकारलाई पटक पटक भन्दा पनि आर्थिक, सामाजिक, शैक्षिक क्षेत्र पछि परेको अवस्था उठाउन ध्यान दिए आवस्यक परे सडक आन्दोलनमा उत्रिन काँग्रेस बाध्य हुने बताए ।





