राजनीति

नेता गुरुङको टिप्पणीः प्रधानमन्त्री ज्यु आफ्नो असक्षमतालाई छोप्न वाइयत कुरा नगर्नुस्

१५ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई हटाउन दिल्लीबाटनै चलखेल सुरु भईरहेको भनेर दिएको अभिव्यक्ति प्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले आफ्नो असक्षमतालाई छोप्न वाइह्यात कुरा नगर्नुस् भन्दै ओलीप्रति कटाक्ष गरेका छन् ।

नेता गुरुङले ओलीको पार्टी भित्र दिल्लीका एसेट्सहरुको बहुमत रहेको भन्दै उनले भनेका छन्ः नेकपा संसदीय दलभित्र दिल्लीका एसेट्सहरुको बहुमत बिना तपाईंलाई दिल्लीले प्रधानमन्त्रीबाट हटाउन सक्दैन ।

आईतबार मात्रै केपीशर्मा ओलीले भारतद्वारा अतिक्रमीतभूमि समेटेर नक्सा जारी गरेपछि आफुलाई प्रधानमन्त्रीबाट हटाउन चलखेल सुरु भएको बताएका थिए । सोहि विषयलाई लिएर फेसबुक, ट्वीटरमाफर्त टिप्पणी भईरहेकाबेला नेता गुरुङको यस्तो प्रतिक्रिया आएको हो ।

उनको ट्वीटः दिल्लीले आफुलाई हटाउन लागेको कुरा प्र.म.ओलीले गरेछन् । @PM_Nepal जी ! तपाईंको पार्टी भित्र दिल्लीका एसेट्सहरुको बहुमत र ? नेकपा संसदीय दलभित्र दिल्लीका एसेट्सहरुको बहुमत बिना तपाईंलाई दिल्लीले प्र.म.बाट हटाउन सक्दैन । अन्यथा आफ्नो असक्षमतालाई छोप्न यस्ता वाइह्यात कुरा नगर्नुस् ।