राजनीति

आचार्यको आक्रोसः राजनीतिक भाईरस देखेर कोरोना पनि छक्क पर्दै होला, धत् !

२० असार काठमाडौं । साझा र्पाीका प्रवक्ता डा.सुर्यराज आचार्यले देशका सारा नेपाली कोरोना कहरको चपेटामा परेको बेला नेता स्वार्थ–केन्द्रित दाउपेचमा लागेको टिप्पणी गरेका छन् ।

प्रवक्ता आचार्यले देश कोरोना माहामारीको जटिल अवस्थामा रहँदा मुलुक नै ठप्प पार्ने सत्ताधारी दल भित्रको किचलो जटिलताका साथ लम्बिँदो गएको भन्दै आक्रोस व्यक्त गरेका छन् । पार्टीको आन्तरिक विवाद मिलाउने भन्दै नेकपाको जारी स्थायी कमिटीको बैठक सोमबार २२ गते सम्मका लागि स्थगीत गरेपछि उनको यस्तो अभिव्यक्ति आएको हो ।

प्रवक्ता आचार्यले कोरोना जोडतोडका साथ आफ्नो काममा तल्लिन रहँदा र जनता कोरोना कहरमा, डुबेको बेला नेता स्वार्थ–केन्द्रित दाउपेचमा लागेको उनको टिप्पणी छ ।

सामाजिक सञ्जाल ट्वीट माफर्त उनले अगाडी भनेका छन्ः राजनीतिको यो घातक भाईरस प्रवृत्ति देखेर कोरोना पनि छक्क पर्दै होला । धत् !

उनको ट्वीटः मुलुक नै ठप्प पार्ने सत्ताधारी दल भित्रको किचलो जटिलताका साथ लम्बिँदो छ । बैठक फेरि स्थगित । कोरोना भने जोडतोडका साथ आफ्नो काममा तल्लिन। जनता कोरोना कहरमा, नेता स्वार्थ–केन्द्रित दाउपेचमा । राजनीतिको यो घातक भाईरस प्रवृत्ति देखेर कोरोना पनि छक्क पर्दै होला । धत् !