३१ असार, रुकुमपूर्व । रुकुम(पूर्व)मा दहमा डुबेर एक जना बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ मा रहेको गुप्ता दहमा डुबेर लजिम बुढा बेपत्ता भएका छन् ।
भैँसीखर्क जाएका १८ वर्षीय बुढा आज पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिए । बर्खाका समयमा लेकतिर गाईभैँसी लिएर खर्क जाने प्रचलन छ । वडा नम्बर १ भट्टेचौरबासी उहाँ गुप्ता दहको खर्कमा भैँसी चराउन गएको थिए । वडाध्यक्ष बुढाका अनुसार पौडी खेल्न गएकामध्ये सिर्जन बुढा बाँच्न सफल भएको तर लजिम डुबेर बेपत्ता भएका छन् ।अहिले स्थानीयवासीले लजिमको खोजी गरिरहेका छन् भने प्रहरीलाई पनि खबर गरिएको अध्यक्ष बुढाले बताए । सडक सुविधा नभएको उक्त ठाउँमा जिल्ला सदरमुकाम रुकुमकोटबाट जान हिँडेर दुई दिन लाग्छ ।





