२ साउन काठमाडौं । पटक–पटक स्थगीत हुँदै आज बसको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अपरान्ह ३ बजेसम्मका लागि स्थगीत गरिएको छ ।
पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले छलपलका लागि समय नपुगेको भन्दै बिहान ११ बजे सुरु भएको केहि समयमै स्थगीत गएिको हो । साथै अहिले दुई अध्यक्षबिच बालुवाटारमा छलफल भईरहेको छ ।
यस्तै बिहिबार दुई अध्यक्ष र वरिष्ठ नेताबीच भएको छलपलमा आजको बैठक नरोक्ने सहमती भएको थियो । तिन नेता बिच आजको स्थायी कमिटीले केन्द्रिय कमिटीको बैठक तोक्ने समेत सहमती भएको थियो ।





