राजनीति

नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु अत्यन्तै दुःखदः डा कोईराला

५ साउन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोईरालाले नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु अत्यन्तै दुःखद भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता कोईरलाले पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद भएको बताएका हुन् ।

उनले राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति नभएको पनि स्पष्ट पारेका छन् । डा.कोईरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय नेकपामा विवाद चुलिरहँदा उक्त विवादमा राष्ट्रपती सक्रीयता वढेको प्रति डा कोईरालाले ट्वीट् माफर्त कटाक्ष गरेका हुन् ।

उनको ट्वीटः राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन । साझा,सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ । पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो ।