३१ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुगंले सिन्धुपाल्चोक लिदीका बासिन्दाले बस्ती स्थानन्तरणका लागि निवेदन दिएका थिए तर राज्य सत्ताले बेवास्ता गरेको बताएका छन्। नेता गुरुगंले आज तिनै निवेदकहरु पहिरोले पुरिएर मृत्युबरण गर्न बाद्य भएकोमा दुःख व्यक्त गरेका छन्। पूर्व साासदसमेत रहेका नेता गुरुगंले उक्त पहिरोलाई भनेका छन्, ‘यो घट्ना होइन। राज्य सत्ताको अपराध हो।’
नेपाली काँग्रेसले पनि आज एक विज्ञप्ती निकाल्दै उक्त सिन्धुपाल्चौकको पहिरोमा मृत्यु हुनेको दोष नभएको बरु राज्यसत्ताले उक्त जोखिमयुक्त स्थानबााट जनतालाई नसारेर गलत गरेको कडा विज्ञप्ती निकालेको छ । त्यही सन्दभएमा नेता गुरुगंले आफ्नो आक्रोश देखाएक छन् । पहिरोबाट यो समाचार तयार पार्दासम्म १६ जनाको निधन भईसकेको छ भने झण्डै दुई दर्जन बेपत्ता छन् ।
उनको स्टाटस्ः सिन्धुपाल्चोक लिदीका बासिन्दाले बस्ती स्थानन्तरणका लागि निवेदन दिएका थिए तर राज्य सत्ताले बेवास्ता गर्यो। आज तिनै निवेदकहरु पहिरोले पुरिएर मृत्युबरण गर्न बाद्य भए। यो घट्ना होइन। राज्य सत्ताको अपराध हो।’






