१६ भदौ, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३४४ महिला र ७२५ जना पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिए । चौबिस घण्टामा पिसिआर परीक्षण १२ हजार ८८ जनामा भएको थियो । अहिलेसम्म नेपालमा ४० हजार ५२९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
डा गौतमले विगत २४ घण्टामा ७६८ निको भएर घर फर्किएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म २२ हजार १७८ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत निको भएका छन् । उनले अहिलेसम्म १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको जानकारी दिए । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही रहेका छन् ।
पाँच जिल्ला सङ्क्रमणमुक्त
डा गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु सङ्क्रमण मुक्त भएका छन् । उनले सङ्क्रमित देखिएकामध्ये १२७ जना सघन उपचार कक्ष र १७ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिए । सघन उपचार कक्षमा प्रदेश नंं १ मा चार, प्रदेश नंं २ मा २९, वाग्मती प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा १३ जना उपचाररत रहेका छन् भने भेन्टिलेटरमा वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा ३ जना छन् ।
संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोसनमा सात हजार २८० जना छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार ११२ जना र क्वारेन्टिनमा सात हजार ३९० जना छन् ।
उपत्यकामा ४८१ सङ्क्रमित
कोभिड–१९ को सङ्क्रमण उपत्यकामा ४८१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा सङ्क्रमण देखिएको बताए ।
प्रदेश नंं १ को उदयपुर एक, ओखलढुङ्गा दुई, खोटाङमा दुई, झापा १४ , पाँचधरमा एक, मोरग १२ र सुनसरीमा ५६ रहेका छन् । यस्तै प्रदेश नंं २ का धनुषा एक, पर्सा दुई, बारा ११, महोत्तरीमा दुई, रौतहट पाँच, सप्तरी एक र सर्लाही १९ जना रहेका छन् ।
यस्तै वाग्मती प्रदेशको काभ्रेमा आठ जना, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोट दुई, मकवानपुर छ, रसुवा एक, रामछाप दुई, सिन्धुपाञ्चोकमा एक र सिन्धुली ६ रहेका छन् । गण्डकी प्रदेशमा कास्की चार, गोरखा आठ, तनहु पाँच, नवलपरासीपूर्व १५, पर्वत एक र लमजुङमा ३२ रहेका छन् ।
यस्तै प्रदेश नं ५ मा अर्धाखाँची नौ, कपिलवस्तु सात, गुल्मी १३, दाङ १३, नवलपरासी ९पश्चिम० चार, पाल्पा एक, प्यूठान एक, बर्दियामा सात, बाँकेमा ३३, रुकुमपूर्व एक र रुपन्हेदीमा ९१ रहेका छन् । कर्णाली प्रदशेमा जुम्ला दुई, दैलेख दुई, सल्यान एक र सुर्खेतमा एक जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा अछाम १३, कञ्चनपुर चार, कैलाली २० डडेल्धुरामा दुई जना, डोटीमा २४, बझाङ ४० र वैतडी १२ जना रहेका छन् ।
चार वर्षीया बालिकासहित ११ को निधन
कोभिड–१९ को कारणले आज एकै दिन ११ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा महोत्ततरीका एक चार वर्षीया बालिकासहित ११ जनाको निधन भएको जानकारी दिए।
महोत्तरीकै ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बारा ६० वर्षीय, चितवनको ५२, काठमाडौँको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष छन् । हालसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २३९ जना पुगेको छ । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने ०.५९ प्रतिशत हो । गौतमले सङ्क्रमणको दर बढ्दै गइरहेकाले सचेत रहन आग्रह गरे ।





