सामाजिक सञ्जाल

डा संग्रौलाको प्रश्नः सत्ता/बजेट पहुँचवालाकोमात्र भएपछि जनताले कोसंग अपेक्षा गर्ने?

२३ भदौ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले आफ्नो परिवारलाई पाल्न, आफू पालिनको निम्ति भोको पेट र परिवारसंग बिछोडिदै दर्दका आँसु चुहाउदै पुनः युवा जगत कोरोनाको बड्दो संक्रमणको भुङ्रोमा हाम्फाल्न दिनहुँ हजारौंको संख्यामा भारत गै रहेको समाचारले कुन नेपालीको मन नरोएको बताएकी छिन्।
नेतृ डा संग्रौलाले बजेटमा ठुल्ठुला कुरा गरियो, पासगरियो, प्रधानमन्त्री रोजगार कार्यक्रममा ११अर्ब ६०करोड रकम छुट्याइएर २ लाख रोजगारी दिने भनियो, बिदेशबाट फर्किएका कोरोना प्रभावितलाई सीप बिकास तालिम आदिमा १ अर्ब रकम बिनियोजित पनि गरियो, युवा स्वरोजगार कोष, श्रम सूचना बैंक देखि सीप रुपान्तरण कार्यक्रममा ८ लाखलाई रोजगारी दिने भनियो बजेटमा तर कार्यान्वयन हुन नसकी भक्कानिदै रुदै पुनः आफ्नो देश छोडेर नेपाली दाजुभाइ दिदिबहिनीहरु बिदेश जान बाध्य भएकाछन् भन्दै आक्रोश पोखेकी छन् ।
नेतृ डा संग्रौलाले स्वदेशमा कृषिको रोजगारीमा रहेका किसानको पनि मलको हाहाकारले आफ्नो श्रम त्यसै खेर गै रहेको छ भन्दै सरकारको बजेट केवल हुने खाने र सत्तामा पहुँच हुनेलाइ मात्र पो रहेछ कि? खोइ त ति निसाहाय पीडितको लागिब्वबस्था फेरिदै फेरिदै गणतन्त्रसम्म आइपुग्दा पनि यस्तै हुने हो भने अब जनताले को संग अपेक्षा गर्ने? भन्दै प्रश्न गरेकी छन् ।