२९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा धरानमामात्र ८ जना कोरोना संक्रमितको निधन भएको छ भने देशभर १९ जनाको निधन भएको छ , आजसम्म कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ६९४ जना पुगेको छ ।
आज १६ हजार ५९८ पीसीआर गरिएको छ । २४ घण्टामा काठमाडौंमो १६९२सहित उपत्यकामा १९३७ जना रहेको छ । डिस्चार्ज हुने ३५ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जा जागेश्वर गौतमले उक्त कुरा पुष्टी गरेका छन् । आईसशियूमा जम्मा ३ सय बढी छन् भने भेन्टिलेटरमा जम्मा ६८ जना छन् । देशभरका संक्रमित भने ३७ सय ४९ रहेका छन् । आज ३६ हजार ५३घ सकृय संक्रमित छन् ।





