आर्थिक

कनेक्ट आईपिएस मार्फत डिजिटल दक्षिणा

३० असाेज, कामठाडाैं । दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै connectI PS सँगै“भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गते सम्म connect  IPS मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउनसक्ने व्यवस्था गरेको छ जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले १ हजार को गिफ्ट भाउचार प्राप्तगर्न सक्नेछन् ।

connectI PS मा रजिष्टर गरेका बैंकका ग्राहकहरुले  www.connectips.com वायसको मोबाईल एप्समा रहेको æTransfer Digital Dakshinaæ माक्लिकगरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरुमध्ये छानिएका १० दैनिकविजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

बैंककाग्राहकहरुले connect IPS मा एक पटकरजिष्टर गरी आफ्नाखाताहरु लिन्क गरी बैंकबाट वा अन्लाईन बाटै self- verify गराई सेवा सुचारु गर्न सक्दछन् । ग्राहकहरुले घरमै बसी सहजतरिकाले फण्ड ट्रान्सफर लगायतका अन्यभुक्तानीहरु खाताबाटै गर्न connect IPS को वेभसाइट (www.connectips.com),  यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल÷ईन्टरनेट बैंकिङ्गमा रहेको connect IPS तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको payment gateway लगायतका माध्यमहरु प्रयोग गर्न सक्छन् ।