राजनीति

अध्यक्ष बस्नेतको निर्देशनः कोरोना रोकथामको जनचेतनासहित स्थापना दिवश मनाउनुस्

२ असोज, काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले तरुण दलको स्थापना दिवश कात्तिक १० गते पर्ने र उक्त दिन नेपालीहरुको महान चाड बडादशैंको टीका पर्ने भएकोले १५ गतेमा स्थापना दिवश मनाउन ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेका छन् । २०१० साल कात्तिक १० गते स्थापना भएको नेपाल तरुण दलले सधैंका बर्षमा जस्तै यस बर्षपनि आफ्नो स्थापना दिवश देशभर मनाउने निर्णय गरेको छ ।
१५ गते गरिएका कार्यक्रमहरुको विवरण केन्द्रमा पठाउनसमेत अध्यक्ष बस्नेतले मातहतका समितिहरुलाई निर्देशन दिएका छन् । कोरोना महामारीबाट बचौं र बचाऔं भन्दै सबैलाई तरुण दल केन्द्रीय समितिले बडादशैं, शुभदीपावली तथा छठ पर्वको अवशरमा शुभकामनासमेत दिएको छ ।